Shittalpati
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटी चालक सोही स्थानका २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update