Shittalpati
पाल्पाली गायक नारायण रायमाझीको ‘के लेखौ र खबर आमा...’सार्वजनिक

सुशिल नेपाल
पाल्पा । वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । पाल्पाको माटोमा जन्मिएर लोक गायन तथा चलचित्र निर्देशनमा समेत ख्याती कमाएका रायमाझीले के लेखौ र खबर आमा...बोलको गीत बजारमा ल्याएका हुन । गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ । रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको रचना नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले गरेका हुन् । गोर्खालीको कथा व्यथामा गीत आधारित छ । नारायण रायमाझीकै संगीत रहेको गीतको भिडियोमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की तथा बाल कलाकार प्रिन्शा खड्काको अभिनय छ । मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो नारायण रायमाझी स्वयंमले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update