लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
कला/संस्कृति/मनोरन्जन
धवल पुरस्कारबाट पन्थी र गैरे पुुरस्कृत
कृष्ण पोखरेल
पाल्पा,धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको दीर्घ साधना पुरस्कारबाट बरिष्ठ साहित्यकार तथा किरण पुस्तकालय गुल्मीका सशी पन्थी र धवल सिर्जना पुरस्कारबाट कृष्ण उपन्यासका लेखक डा. शंकर प्रसाद गैरे पुरस्कृत भएका छन् । पुस्तकालयले शनिबार एक कार्यक्रमकाबिच दुुवै जनालाई पुुरस्कृत गरेको हो ।
साहित्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको संम्झना स्वरुप धवलले उनीहरुलाई पुरस्कृत गरेको हो । पाल्पा क्षेत्र नंं २ का प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरे, पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पुस्तकालयका महासचिव राजेश कुमार अर्याल लगायतले दोषल्लासहित नगद २५ हजारबाट साहित्यकार पन्थी र गैरेलाई पुरस्कृत गरेका हुन् ।
पुस्तकालयले लामो समयसम्म धवल पुस्तकालयमा कार्यवाहक प्रमुखको जिम्मेवारीमा सम्हालेका शिक्षाविद बुद्धि प्रसाद शर्मा र संस्थामा काम गरेका द्धारिका प्रसाद शर्मालाई समेत फूलमाला दोषल्ला प्रमाणपत्रबाट सम्मान गरेको छ । पुस्तकालयले २०७७ साल देखी यो पुरस्कार शुरु गरेको हो । २०७७ सालको दीर्घ साधना पुरस्कारबाट साहित्यकार निलकण्ठ न्यौपाने, सिर्जना पुरस्कारबाट निर्मल प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघीय सांसद् ठाकुर प्रसाद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदो रुपमा आधुनिकरण गर्दै पूर्ण रुपमा डिजिटल पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । पछिल्लो समय जिल्लाका अग्रह व्यक्ति तथा साहित्यकारबाट राम्रा–राम्रा कृतिहरु प्रकाशित गरी पाल्पालाई साहित्यको रुपमा परिचित गराउने काम भईरहेको प्रमुख अतिथि गैरेले बताए । सचिव टंक पन्तले पुरस्कृत व्यक्ति तथा कृतिको चर्चा गरे ।
कार्यक्रममा पुरस्कृत व्यक्ति शशी पन्थी, डा.शंकर गैरे, प्राध्यापक हिरण्य ज्ञवाली, सम्मानित व्यक्ति बुद्धि प्रसाद शर्मा, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, साहित्यकार सविता भट्टराई लगायतले धवल पुस्तकालयले खेलेको भूूमिका र पुरस्कृत व्यक्तिहरुको बारेमा चर्चा गरेका थिए । पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षता, कोषाध्यक्ष सन्तोष खनालले स्वागत, महासचिव राजेश कुमार अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!