रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने
बुधबार, असोज २८, २०८३
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
बुधबार, असोज २८, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही,सुनसरी, नुवाकोट, कास्की, तनहुँ र जुम्लामा भएका दुर्घटनामा छ जनाको ज्यान गएको हो ।
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
बुधबार, असोज २८, २०८३
रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।
आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइँदै
मंगलबार, असोज २७, २०८३
आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विपद् जोखिम व्यवस्थापनमा सबै पक्षको सहभागिता बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
गुल्मीमा हावाहुरीले गोलभेँडा खेतीमा क्षति
सोमबार, असोज २६, २०८३
गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हावाहुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरूपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।
भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ४ सय ५७ पुग्यो
सोमबार, असोज २६, २०८३
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ६ बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ ।
गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म
आइतबार, असोज २५, २०८३
नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।
हराउँदै स्थानीय बाली
आइतबार, असोज २५, २०८३
बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६ औँ राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बालीका बीउ, तिनका विशेष गुण, संरक्षण र उपयोगिताबारे छलफल गरिएको हो ।
काँग्रेस सभापतिमा गगन थापा विजयी
शनिबार, असोज २४, २०८३
नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस
शुक्रबार, असोज २३, २०८३
‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव
शुक्रबार, असोज २३, २०८३
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
पोखरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार, असोज २३, २०८३
पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भीरस्थित सडकमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख १४१७ नम्बरको बस शुक्रबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
वर्षा रोकियो, डर रोकिएन्
शुक्रबार, असोज २३, २०८३
असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । निद्रामा रहेका रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापा ड्याङडुङको आवाज सुनेपछि निद्राबाट ब्युझिँए ।

