Shittalpati
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित जिल्लाका दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिका –९ को वडा अध्यक्ष र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सोमनाथ अर्याल तानसेन नगरपालिका –८ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाल्पाको रिब्दिकोटमा गठबन्धन विजयी
पाल्पाको रिब्दिकोटमा गठबन्धन विजयी जिल्लाको रिब्दिकोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा उम्मेदवार बने नारायणबहादुर कार्की विजयी भएका छन् । उनले ५ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन् ।
पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी
पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी जिल्लाको रामपुर नगरपालिका काँग्रेस विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका रमण बहादुर थापा पुनः नगर प्रमुखमा विजयी भएका छन् । उनले १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका हुन । थापाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका शिव अर्यालले भने १० हजार ८३ मत प्राप्त गरे ।
गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी
गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी गुल्मीको इस्मा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यहाँ काँग्रेसले चारवटा वडा सहित पालिका हात पारेको हो । अध्यक्षमा नेपाली काँग्रेसका भगतसिं खड्का विजयी भएका छन् । ५ हजार ५ सय ८९ मत ल्याएर विजयी भए भने निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका हिराबहादुर एसीले ५ हजार ४ सय ६४ मत ल्याए...
गुल्मीको इस्मा –२  मा एमालेको किल्ला भत्कायो काँग्रेसले
गुल्मीको इस्मा –२ मा एमालेको किल्ला भत्कायो काँग्रेसले नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिका –२ मा नेकपा एमालेको किल्ला भत्काएको छ । धेरै वर्षदेखि एमालेको गढ मानिएको इस्मा –२ मा काँग्रेसले यस पटक भने भत्काएको हो । यहाँ अन्तिम मत परिणामअनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका लोकनाथ आचार्य, महिला सदस्य रेनुका सारुसहितको प्यानलै विजयी भएको छ ।
गुल्मीको दुई पालिकामा काँग्रेस विजयी
गुल्मीको दुई पालिकामा काँग्रेस विजयी नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो
पाल्पाको माथागढीमा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जित्यो जिल्लाको माथागढी गाउँपालिकामा एमालेले चार वडासहित अध्यक्ष, उपाध्यक्ष जितेको छ । यहाँ नेकपा एमालेका यमबहादुर चिदी मगरले ६ हजार १ सय ९ मत ल्याएर विजयी भने उनका निकटत्म प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याए । उपाध्यक्षमा विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन् ।
पाल्पाको तिनाउमा एमालेबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा गठबन्धनबाट थापा विजयी
पाल्पाको तिनाउमा एमालेबाट अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा गठबन्धनबाट थापा विजयी जिल्लाको तिनाउ गाउँपालिकामा एमालेबाट अध्यक्षमा र उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९० मत ल्याएर विजयी भए भने उनका निकटत् प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे ।
रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध
रम्भा गाउँपालिकामा पुनः मतदानको माग, मतगणना अवरुद्ध जिल्लाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका हुन् । उनीहरुले रम्भा गाउँपालिका–५, ताँहुमा ७४ मत फर्जी भेटिएपछि पुनःमतदान गर्न माग गरेका छन् ।
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
Weather Update