Shittalpati
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।
बनाएनन् सबै वडाले क्वारेन्टाइन
बनाएनन् सबै वडाले क्वारेन्टाइन भारतसहित विभिन्न देशमा ठूलो संख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि चितवनमा काम हुनसकेको छैन ।
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन जिल्लामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्न थालिएको छ । भारतीय भूमिबाट धमाधम नेपाली श्रमिकहरु जिल्ला भित्रिन थालेपछी जोखिमबाट बच्न शंकास्पद व्यक्तिहरुको स्वाव संकलन तथा परीक्षण गर्न थालिएको हो ।
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ ।
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।
कोरोना संक्रमितले भरिए अस्पताल
कोरोना संक्रमितले भरिए अस्पताल रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
कोरोना पोजेटिभ महिलाको मृत्यु
कोरोना पोजेटिभ महिलाको मृत्यु कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।
Weather Update