Shittalpati
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज

पाल्पा । नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।

१ हजार ७७ महिला र २ सय ५३ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । मंगलबार देशका विभिन्न अस्पतालमा उपचारत ३ सय ९० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ । मंगलबार मात्रै थप ५ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ । अहिले सक्रिय संक्रमितको संख्या भने ४ हजार ४ सय ८ छ । यस्तै २ सय ३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३ सय ९० जना आइसोलेशनमा छन् । नेपालमा अहिलेसम्म १९ लाख ९२ हजार ८ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । मंगलबार ५ हजार ३ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३० जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार १ सय ५७ जना कोरोनाका गम्भीर विरामी आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update