गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरण : रविविरुद्ध धमाधम पक्राउ पुर्जी
शनिबार, मंसिर ८, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध धमाधम पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेविरुद्ध विभिन्न जिल्लाबाट एकपछि अर्को गरी पक्राउ पुर्जी जारी भएको हो ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
शनिबार, मंसिर ८, २०८१
रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् ।
बीआरआई एजेण्डामा समझदारी आवश्यक
शनिबार, मंसिर ८, २०८१
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सहमति जुट्न सकेको छैन । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ ।
रैनादेवीमा सञ्चालित दुई दिने न्वागी उत्सव सकियो
शुक्रबार, मंसिर ७, २०८१
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी उत्सव सकिएको छ ।
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८१ मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सुरु गरिएको १३ औं कर दिवस शुक्रबार समापन गरिएको हो ।
‘हेरिटेज राइड’ सफल पार्न सहयोग गर्नेलाई सम्मान
शुक्रबार, मंसिर ७, २०८१
पाल्पा साइक्लिङ संघले ‘हेरिटेज राइड–२०८१’ सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी ‘हेरिटेज राइड’मा सहयोग गर्नेहरुलाई सम्मान गरेको हो ।
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
शुक्रबार, मंसिर ७, २०८१
लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ ९पहिलो संशोधन २०८१० कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।
दाङमा धान उत्पादन बढ्यो
शुक्रबार, मंसिर ७, २०८१
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
३१ जनाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, मंसिर ७, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । ५ मंसिरमा बिहान ९ देखि अपराह्न १ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारले नाम फिर्ता लिने समय दिएको थियो । उक्त समयभित्र ३१ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सामाजिक सञ्जालको सही प्रयोग गरौं
शुक्रबार, मंसिर ७, २०८१
नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल अहिले व्यापक बनेका छन् । सूचना प्रविधिको नयाँ माध्यमप्रतिको यस किसिमको चासो राम्रो पक्ष हो । पहिले जस्तो अब सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने आवश्यकता छैन् ।
माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला
बिहीबार, मंसिर ६, २०८१
जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।


