Shittalpati
सहिद दिवस र नेपाली काँग्रेस

नेपाली काँग्रेसले अब नयाँ दीशा निर्देश गर्ने बेला भएको छ । प्रजातन्त्रको मसिहाको संज्ञा दिने काँग्रेसका संस्थापक समाजवादी नेता वीपी कोईराला, लौहपुरुष वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुका रगत र पसिनाले सिंन्चित काँग्रेस उत्तरार्धमा आएर किन राजनैतिक अन्यौलताको शिकार हुदैछ त ? भन्ने जिज्ञासा समग्र पार्टी पंक्तिमा मड्राइरहेको छ । यो विषय अहिले मुलुक भरका काँग्रेसी नेताहरुका लागि दह्रो भएर ठडिएको छ । समाजवादी श्रृखंलाको मध्याह्नमा आईपुग्दा गिरिजाप्रसाद कोईराला, सुशिल कोईरालाका साथै मध्याह्न पछिको उत्तरार्धका जीवित नेताहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा अनि युवा नेताहरुका लागि किंम कर्तव्य विमूढको अवस्था आउँनु आफैमा अत्यान्तै गाह्रो विषय हो ।

संविधान सभाको निर्वाचन गरी गणतन्त्र कार्यान्वयनको लागि वि.स.२०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक उपलब्धि प्रति गर्व गर्दै नेपाली काँग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट वि.स. २०७२ सालमा बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक कीर्तिमानी कदमहरुलाई विस्मृतिका मानसपटलबाट नियाल्नुपर्ने अवस्था आउँनु आफैमा पीडावोध हुँदैगएको आभास भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकांक्षा अनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै नेपाली काँग्रेसले आफ्नो जन्मकालदेखि मौलिक रुपमा नेपालको सन्दर्भमा पनि अहिले आएर काँग्रेस स्वयंमा कमजोर भयो भन्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील,स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिवद्धता र पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्वन्द्वको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने श्रद्धेय वीर सहिदहरूको शहादतलाई सम्मानमा कमी त आएन ? भन्ने तर्फ चिन्ता र चर्चा गर्नु भन्दा विगतका कमी कमजोरीको सुधार गर्दै मुलुक र जनताप्रति समर्पित भएर अगाडि बढ्नुको अर्को कुनै विकल्प पनि छैनन् भन्ने कुरा समेत काँग्रेसले तलदेखि माथि सम्म बुझ्ने प्रयास गर्नु नै आजको आवश्यकता हो ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update