Shittalpati
शिक्षा दिवसको सार्थकता
शिक्षा दिवसको सार्थकता अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् ।
बैंकहरु ‘मर्जर’को लहर
बैंकहरु ‘मर्जर’को लहर पछिल्लो समय बैंकहरु एक आपसमा गाभिने क्रम चलेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि बैंकहरू धमाधम मर्जरमा गएका हुुन् । राष्ट्र बैंकले अघि सारेको नीति अनुसार ठूूला बैंकबीच मर्जरको लहर नै चलेको छ । एकपछि अर्काे बैंक तथा वित्तीय संस्था गाभिने क्रमले संख्या घट्दो...
सभामुखको अबको बाटो
सभामुखको अबको बाटो सरकार गठन भएसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुख निर्वाचित भइसकेका छन् । सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएका छन् । उनीहरु पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा चयन भएका हुुन् ।
सोनाम ल्होसार र पर्वले दिने सन्देश
सोनाम ल्होसार र पर्वले दिने सन्देश नेपाल विविधताले भरिएको एक राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषाका मानिसहरु बस्छन् । उनीहरुहरुको आफ्नै सभ्यता र संस्कृति छ । फरक–फरक समुुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुुने गर्दछ । सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले...
सरकारको पहिलो गाँसमै ढुंगा
सरकारको पहिलो गाँसमै ढुंगा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ बाझिएका मन्त्रीहरु नियुक्ति गरेपछि आचोचना सुरु भएको छ । अधिकांश केही गरूँ भन्ने हुटहुटी भएका नयाँ अनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरी केही राम्रो सन्देश दिन खोजेको सरकारले सोझै स्वार्थ बाझिएका केही मन्त्रीहरू छनोट गर्दा भने पहिलो गाँसमै ढुंगा लागेको छ ।
चिसोबाट बचौं
चिसोबाट बचौं माघको पहिलो दिनदेखि नै पाल्पा लगायत पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, जेष्ठ नागरिक बढी प्रभावित हुने अवस्था सिर्जना भएको छ । चिसोका कारण बिहानै धेरै नागरिकहरु...
दूषित पिउने पानी
दूषित पिउने पानी पानी जीवनको स्रोत हो । स्वस्थ जीवनका लागि स्वच्छ पानी आधारभूत सर्त हो । त्यसैले स्वच्छ पानीमा सम्पूर्ण नागरिकको पहुँच मानिसको आधारभूत अधिकार हो । नेपालको संविधानले पनि यो अधिकार सुनिश्चित गरेको छ । तर त्यसको नियमनचाहिँ प्रभावकारी रूपमा भएको छैन । देशको जुनसुकै स्थानमा यो समस्या विद्यमान छ ।...
माघे संक्रान्ति धार्मिक र सांस्कृतिक पर्व
माघे संक्रान्ति धार्मिक र सांस्कृतिक पर्व नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ । हाम्रा यस्तै पर्वहरूमध्ये महत्वपूर्ण पर्व माघे संक्रान्ति पनि हो । यस वर्षको माघे संक्रान्ति धुमधामले मनाइएको छ ।
भूकम्पीय जोखिम
भूकम्पीय जोखिम माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० सालमा ८९ वर्ष अगाडि देशले भोगेको महाविनाशकारी भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । तर भूूकम्पीय जोखिमलाई न्यूनिकरण गर्ने दिशामा भने कसैको पनि ध्यान जान सकेको छैन् । यो अत्यन्त दुःखको कुुरा हो ...
कस्तो नेपालको सत्ता राजनीति ?
कस्तो नेपालको सत्ता राजनीति ? कुनै देशको विकास र जनताको जीवनस्तर सुधारका लागि त्यस देशमा साशन गर्ने राजनीतिक दल र तीनका नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस कुरामा कसैको दुई मत पनि नरहला । विडम्बना नेपालका राजनीतिक दल र तीनका नेतृत्वकर्ताको सत्ता केन्द्रीत राजनीतिले दशकौं देखि यो देशमा प्रश्रय पाईरहेको देखिन्छ ।
किन दोहोरिन्छ हवाई दुर्घटना ?
किन दोहोरिन्छ हवाई दुर्घटना ? पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको शव भेटिएको छ । ७२ जना सवार यती एयरलाइन्सको ‘९ एन एएनसी एटीसआर ७२–५००’ विमान आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा दुर्घटनामा पर्‍यो । यति ठूलो संख्यामा ज्यान जाने गरी भएको दुर्घटनाले सबै स्तब्ध छन् । नेपालको हवाई...
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी
नेपालको अर्थतन्त्रमा संघीयता र सहकारी २०१३ सालमा चितवनमा स्थापना भएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । मुलुकमा सहकारी ऐन २०१६ जारी भए पछि सहकारीले कानुनी मान्यता पाएको हो । नेपालमा भएका विभिन्न विषयगत र नियमित ३० हजार भन्दा धेरै सहकारीहरुले मुलुकको (जिडिपी) अर्थात् प्रतिव्यक्ति आयमा तीन प्रतिशत भन्दा धेरै योगदान गरेका छन् ।
Weather Update