Shittalpati
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई

पाल्पा,जिल्लाको माथागढी गाउँपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सौभाग्य मावि चिदिपानीले हात पारेको छ । झडेवाको किसान माविको खेलमैदानमा भएको प्रतियोगितामा सौभाग्य माविले उपाधि हात पारेको हो । छात्र र छात्राको १० खेल समावेस कुल ६० पदकको लागि भएको गाउँपालिका स्तरीय प्रतियोगितामा सौभाग्य माविले १५ स्वर्ण, ५ रजत र ५ कास्य गरी २५ पदक प्राप्त गरी उपाधि हात पारेको गाउँपालिकाका शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले बताए । प्रतियोगितामा किसान मावि झडेवाले ४ स्वर्ण, ६ रजत, ५ कास्य गरी १५ पदक सहित दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै दिव्य ज्योती मावि कसेनीले ४ स्वर्ण, ६ रजत, ४ कास्य गरी १४ पदक सहित तेस्रो भएको छ । विजेता प्रतियोगीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले खेलाडी राष्ट्रका गहना भएकाले खेलाडीलाई सम्मान, माया र अवसर दिनुपर्नेमा जोड दिईन् ।

उनले यो खेल हार र जित भन्दा पनि आफ्नो सीप प्रदर्शन गर्ने भएकाले हाम्रो भन्दा पनि राम्रो खेलाडी छनौट गरी जिल्लास्तरीय प्रतियोगितामा गाउँपालिकाको नाम राख्न सम्पूर्ण खेलाडीलाई शुभकामना दिइन् । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल ,गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशेष भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए । ४ का वडा अध्यक्ष मधु पराजुलीको अध्यक्षता, गाउँपालिकाका शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update