Shittalpati
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’  

पाल्पा, पाल्पा तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ स्कूलले ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’ २०२६ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कूल पोखरामा भएको १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा उत्कृष्ट प्रदर्शन गर्दै स्कूलले अवार्ड प्राप्त गरेको हो ।

देशभरका १८३ विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालयको सूचीमा पर्दै अवार्ड हासिल गरिएको स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । उनले भने “हामीले शिक्षण–सिकाइ, विद्यार्थी सहभागिता, नेतृत्व विकास, समस्या समाधान क्षमता, सहकार्य र समग्र व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेकै कारण अवार्ड हात पार्न सफल भएका हौं ।”

राष्ट्रिय सम्मेलनमा स्कूलबाट सहभागी  छात्रा शियसी सारूले ट्रेजर हन्ट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न समेत सफल भएकी छन् । राष्ट्रिय अवार्ड प्राप्त गर्नुको साथै ट्रेजर हन्टमा समेत प्रथम हुनुले विद्यालयको गरिमालाई थप उचाईमा पुर्‍याएको प्रिन्सिपल खत्रीले विश्वास व्यक्त गरे । उनले भने “शिक्षक–शिक्षिकाको अथक प्रयास, अभिभावकको विश्वास र सहयोग, विद्यार्थीहरुको लगनशीलता र शुभचिन्तकहरूको सद्भावको संयुक्त परिणाम नै हाम्रो सफलता हो ।”

एस क्यू सी एक विद्यार्थी गुणीयचक्र प्रक्रिया हो । यसले विद्यार्थीहरुको अन्तर्निहित  प्रतिभाको प्रस्फुटन गर्न  महत्वपूर्ण भूमिका खेल्दछ । विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउन एन सी एसक्यूसी महत्वपूर्ण हुने प्रिन्सिपल खत्रीले विश्वास लिए । उनले भने “हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा समस्या भएको छ ,यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ ।” “पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच छ । अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै छैन । यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक छ” खत्रीले भने । स्कूलले  विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुमा भएको क्षमताको खोजी गर्ने उद्देश्यले बेला बेलामा स्कूलमै एन सि एस क्यू सि आयोजना गर्ने र अन्यत्र हुने सम्मेलनमा समेत विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update