Shittalpati
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पाल्पा, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । महासन्धिअनुसार नै नेपालले सम्पत्ति शुद्धीकरण आयोग गठन गरेको हो । भ्रष्टाचारविरुद्ध लड्न संवैधानिक र कानुनको सर्वोच्चता अकार गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्ट्राचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको थियो । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनले पछिल्लो समय विकासोन्मुख मुलुकमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । नेपालमा पनि भ्रष्टाचार निवारणका लागि संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएपनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षा अनुरुप प्रगती हुन सकेको छैन ।

भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा नेपालका सम्बन्धित निकायहरुले जोड दिइएका छन् । उनीहरुले भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् । भ्रष्टाचार दिनदिनै बढिरहेको र संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेको छ । यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्ने गर्छ । हुन त  सरकारले भने भ्रष्टाचार न्यूनीकरण हुँदै गएको दाबी गर्दै आएको छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update