Shittalpati
आज विश्व बाल दिवस मनाइँदै

पाल्पा, नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।

सन् १९५९ को नोभेम्बर २० कै दिन संयुक्त राष्ट्रसंघको महासभाले बालअधिकार सम्बन्धी घोषणा पत्र स्वीकार गरेको थियो । आमा–बुवा, शिक्षक, नर्स, डाक्टर, सरकारी निकायका प्रमुख, नागरिक समाज, धार्मिक तथा जेष्ठनागरिक समाजका सदस्यले बालअधिकारको पक्षमा भूमिका निर्वाह गर्न सक्ने विज्ञले बताएका छन् । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिवद्धता पूरा गरे पनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन । बाल अधिकार सम्बन्धिका अन्य प्रतिबद्धताहरूको समूचित कार्यान्वयन हुन सकेको छैन । बालअधिकार संरक्षण, प्रवद्र्धन र परिपूर्तिको सन्दर्भमा नेपाल सरकारले अधिकारप्राप्त निकायहरुबाट प्राप्त गरेका सिफारिसहरुलाई समयमै कार्यन्वयन गर्न सकेको छैन ।

बालबालिकाको क्षेत्रमाकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकाको विकास, सहभागिता र बाल अधिकार संरक्षण कागज र नारामै सीमित छ । उचितस्याहार सुसार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत बाल अधिकार पनि बालबालिकाले पाउनसकेका छैनन् । बाल अधिकार हनन् हुन नदिने तीनै तहका सरकारका योजना कार्यान्वयन नहुँदा बालश्रम कायमै छ । सडक बालबालिकाको उद्धार र पुर्नस्थापना पनि कागजमै सीमित छ । बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसा अझै पनि उस्तै छन् । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update