सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
पाल्पा, सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कफ्र्यु आदेश जारी गरिएको छ । अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्


