Shittalpati
आज विश्व निमोनिया दिवस मनाइँदै

पाल्पा, आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो ।

यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ । निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ ।  निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ । यो चिसो मौसममा बढी हुने गर्दछ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पु¥याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले  हरेक वर्ष आग्रह गर्दै आएको छ । यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ । 

बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ अस्पताल जान डाक्टरको सल्लाह छ । नेपालमा बढ्दो धुवाँधुलोका कारण निमोनियाका बिरामी बढ्दै गएको चिकित्सिक बताउँछन् । खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन् । रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको चिकित्सकहरुको भनाई छ । बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update