Shittalpati
पाल्पा रारा सहकारीले मनायो २५ औं साधारण सभा

पाल्पा,  पाल्पा रारा बचत तथा ऋण सहकारीले २५ औं वार्षिक साधारण सभा  मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा मनाएको हो ।

सभाको प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष हिराबहादुर शाहले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै शाहले सहकारीको मूख्य भावनालाई आत्मसाथ गरी उद्यमशिलताको क्षेत्रमा लगानी बढाउन शेयर सदस्यहरूलाई आग्रह गरे । उनले लगानीलाई आय आर्जनमा जोड्न सकेमा शेयर सदस्यको आर्थिक अवस्थामा सुधार हुन सक्नेमा जोड दिए । 
सहकारीका अध्यक्ष  भिमसेन कार्कीले सहकारी संस्थाका शेयर सदस्यबीच सहकार्य गरी सहकारीका सिद्धान्त आत्मसाथ गर्दै सहकारी नाफामूलक भन्दा सेवामूलक हुन आवश्यक रहेकोमा जोड दिए । उनले सहकारीमा वित्तीय सुशासन कायम राख्न सहकारीको मूल्य, मान्यता अनुसार शेयर सदस्यमैत्री विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएको अवगत गराए । 
शहकारीमा जगेडा कोषमा १ करोड ५० लाख २२ हजार तथा अन्य कोष अन्र्तगत १ करोड २३ लाख र भवन निर्माण कोषमा १ करोड ५० लाख रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

उनका अनुसार २० करोड ३६ लाख १७ हजार कूल पूँजी रहेको सहकारीले आ.व.२०८१÷०८२ मा ३५ लाख ७९ हजार ८ सय ७५ रुपैंया नाफा रहेको छ । संस्थाले शेयर सदस्यको परिवारको लागि निःशुल्क ब्लड डोनेशन, महिला उद्यमी कार्यक्रममार्फत विना धितो समूहमा लगानी, उत्कृष्ट शैक्षिक सम्मान लगायतका कार्यक्रम गरेको छ । कोषाध्यक्ष यज्ञ प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र सचिव अजयमान कर्माचायले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदन सभाबाट सर्वसम्मत पारित भएका थिए । कार्यक्रममा शेयर सदस्यको तर्फबाट रीता थापा, ज्येष्ठ नागरिक धर्मचक्र नेपाल लगायतले आ–आफ्ना धारणा राखेका थिए  । सोही अवसरमा संस्थापक अध्यक्ष हिराबहादुर शाह र एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य परिवारबाट दिया कार्कीलाई सम्मान गरिएको प्रवन्धक प्रमुख प्रकाश रेग्मीले जानकारी दिए । संस्थाका अध्यक्ष भिमसेन कार्कीको अध्यक्षता, सञ्चालक समिति सदस्य विजिता भट्टराईको स्वागत, सचिव अजयमान कर्माचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update