Shittalpati
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस 

 पाल्पा, आनन्द बचत तथा ऋण सहकारी संस्थाले  पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।

 शेयर सदस्यहरुको सहयोग र सद्भावका कारण सहकारीले पन्ध्रौं स्थापना दिवस मनाउन सफल भएको  संस्थाका अध्यक्ष सरोज लाल शाक्यले बताए । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिर्दै सहकारीलाई थप आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन आफुहरु सक्रिय भएर लागेको  बताए ।  उनले भने ‘ वर्तमान अवस्थामा सहकारीका गतिविधिलाई अगाडि बढाउन अनेक कारणले चुनौती बढी रहेको छ । यस्तो अवस्थामा हाम्रो शेयर सदस्यहरुको सकरात्मक भूमिका महत्वपूर्ण रहन्छ । म आग्रह गर्न चाहन्छु की  सहकारीका नीति नियमलाई पालना गर्दै सहकारीका गतिविधीहरुमा साथ र सहयोग गरिदिनुहोस् ।’

कार्यक्रममा निर्वतमान अध्यक्ष सर्जुलाल बज्राचार्यले सहकारीको मूल्य मान्यतालाई  आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । संस्थाका सल्लाहकार छत्रराज शाक्यले कुनै पनि संस्थाको लागि स्थापना दिवस महत्वपूर्ण भएको भन्दै आजकै दिनदेखि संस्थाको सर्वोपरी हितलाई मध्यनजर गरि सेवा गर्ने प्रण गर्न जरुरी रहेको उल्लेख गरे । सोही अवसरमा सहकारीले पाल्पा सिविआरलाई आर्थिक सहयोग गरेको समेत गरेको छ । अध्यक्ष सरोजलाल शाक्यले आर्थिक सहयोग रकम उक्त संस्थाका व्यस्थापक कृष्ण गहतराजलाई हस्तान्तरण गरेका थिए । यस्तै सहकारीले उत्कृष्ट व्यवसायीका रुपमा शेयर सदस्य टुलक बहादुर विश्वकर्मालाई समेत पुरस्कृत  गरेको छ । संस्थाका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष रत्नमान बज्राचार्यको स्वागत, सचिव विनयराज बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update