Shittalpati
विश्व फोटोग्राफी दिवस मनाइँदै

पाल्पा, आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गर्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update