
गुल्मी, जिल्लाको मुसिकोट नगरपालिकाको गलत गतिविधिप्रति नेपाली काँग्रेस मुसिकोट नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुसिकोटको समृद्धिमा अगाडि बढ्नु पर्ने स्थानीय सरकार गलत गतिविधितर्फ अग्रसर भएको भन्दै काँग्रेस नगर समितिले आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो ।
निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई सु–सुचित गरेको विषय र अनाधिकृत व्यक्तिबाट बजेट निर्माण गरी कानुन विपरीत काम गरेको विषयमा कुरा उठाउँदा कसैलाई मुद्धा लगाउने कसैलाई अनुशासनको दण्ड लगाउने जस्ता घृणित हर्कतले स्थानीय सरकार गलत बाटोमा हिडिरहेको काँग्रेसको ठहर छ ।
यस्ता कार्यको काँग्रेसले घोर विरोध गर्दै सच्चिन नगरपालिकालाई आग्रह समेत गरेको छ । गलत गतिविधि गर्दै गए काँग्रेसले संघर्षका कार्यक्रम अगाडि बढाउने नगर सभापति झविलाल भण्डारी र सचिव तेजिन्द्र जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।