Shittalpati
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।

मन्दिरको मुल ढोका अगाडि सो घण्टी राखिएको छ । गणका गणपति प्रमुख सेनानी भुपेन्द्र गुरूङले विशेष पूजा अर्चना गरि गणको तर्फबाट घण्टी चढाएका हुन् । उनले ऐतिहासिक मन्दिरको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले घण्टी चढाइएको बताए । गणपति गुरूङसँगै गणका सेनानी जीतबहादुर कार्की, सावित्री थापासहित अन्य अधिकृत र सकल दर्जाका सैनिकहरूको समेत उपस्थिति रहेको थियो । सेनाले अन्य स–साना घण्टी समेत चढाएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ङणराज गैरे, बरिष्ठ उपाध्यक्ष मुक्तिराम शर्मा पौडेल, वडाध्यक्ष ओम प्रकाश गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष तथा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता भगवान भण्डारी लगायतले मन्दिरको संरक्षण , पर्यटन विकास र सैनिक–नागरिक सम्बन्ध अझ कसिलो बनाउन यो कदमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त  गरे ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update