
पाल्पा, जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सड्ढल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । नेपालको जनगणना २०७८ को तथ्याड्ढ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत रहेको छ । नेपालको जनसंख्याको झण्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति राज्यको बेवास्ताकै कारण पिल्सिरहेका छन् । वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्याहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ ।
सरकारले वैदेशिक रोजगारलाई समेत व्यवस्थित गर्न सकेको छैन । हाल रेमिटेन्स कुल ग्रार्हस्थ्य उत्पादनको ३ प्रतिशतबाट बढेर २१ प्रतिशत हुन पुगेको अनुमान छ । देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्न सक्ने अवस्था युवावर्ग आफंैले सिर्जन गर्नुपर्छ ।