Shittalpati
करेन्ट लागेर दुई जनाको मृत्यु

पाल्पा, छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।

रूपन्देहीको गैडहवा गाउँपालिका–६ लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर ज्यान गएको छ । उनी आफ्नै घरमा रहेको टेबल पंखामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते  भएका थिए । घाइते उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टामा पनि एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँका ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर मृत्यु भएको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ  । सोही ठाउँस्थित आफ्नै निर्माणाधीन घरमा पानी हाल्नको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update