
पाल्पा, विद्युत सेवामा देखिएको समस्या समाधान गर्ने विषयमा जिल्लाको रामपुरमा छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा विद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईन लगायतका विषयमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विपिसीले विद्युत महशुल वृद्धि गरे पनि नगरपालिका भित्र पछिल्लो समय विद्युत सेवा प्रवाहमा समस्या देखिएकाले समाधानका लागि छलफल कार्यक्रम गरिएको बताए । विपिसीको विद्युत सेवाको गुणस्तरका विषयमा जनताले गुनासो गर्दै आएको भन्दै विपिसीलाई सेवाको गुणस्तरमा सुधार गर्न उनले आग्रह गरे । विद्युत लाईन अनियमित हुँदा उद्योगी व्यवसायीहरु मात्र नभई यहाँका खानेपानी तथा अन्य योजनाहरु पनि प्रभावित बनेको उनले बताए ।
नगर प्रमुख थापाले तत्काल सुधार गर्न सकिने कार्यलाई यथाशिघ्र सुधार गर्नु पर्नेमा जोड दिए । छलफलमा नेपाली काँग्रेस रामपुर नगर समितिका सभापति नेत्रप्रसाद भट्टराईले महशुलको विषयमा संघर्ष समिति र कम्पनीबिचको सहमतिमा गुणस्तर सुधार गरेर मात्र महशुल वृद्धि गर्ने भनिए पनि विपिसिले एक्कासी महशुल वृद्धि गर्नु आपत्तिजनक रहेको बताए । नेकपा एमाले रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले विद्युतको पोल व्यवस्थापन र भोल्टेज सुधार तत्काल गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य कमलराज भट्टराईले जनताको प्रत्यक्ष लगानी रहेको बुटवल पावर कम्पनीले छलफल नै नगरी महशुल वृद्धि गर्नु दुखद् भएको उल्लेख गरे । व्यापार गर्न आएको कम्पनीले लगानी थपेर सेवामा गुणस्तर प्रदान नगर्ने हो भने विकल्प खोज्नुको विकल्प नभएको बताए । ५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले पोल र तारको उचित व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । लाइन विस्तार र पोल सार्नका लागि जनताले सास्ती भोग्नु पर्ने अवस्था रहेको उनको भनाई छ । ७ का वडा अध्यक्ष दोवराज तिवारीले नगर भित्रका अधिकांश स्थान विपिसिको लाईनबाट सेवा प्रवाह गरे पनि वडाको माथिल्लो स्थानमा लिफ्टी·को लागि नेपाल विद्युत प्राधिकरणको लाइन प्रयोग गरिएको बताए ।
४ का वडा अध्यक्ष राम बहादुर रानाले देविस्थान क्षेत्रमा भोल्टेज कम आउने समस्या रहेको बताउँदै वडा कार्यालयबाट सेवा प्रवाहमा पनि कठिनाई भएको बताए । ३ का वडा अध्यक्ष दामोदर पाठकले विद्युत लाइन विस्तारका लागि नगरपालिका, तत्कालीन गा.वि.स. वडा तथा वन समुहले समेत रकम विपिसिमा खर्च गरे पनि अहिलेको सेवा प्रवाहको स्थितिले हामी माथि शोषण भयो कि भन्ने लागेको बताए । ८ का वडा अध्यक्ष दिनेश आचार्यले विद्युत लाइनको तार मकैको बोटले पनि छुने अवस्था रहेको र विद्युत लाइन नहुँदा ठूला लिफ्टी· सिंचाई योजनाहरु प्रयोग विहिन अवस्थामा रहेको बताए । ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समस्याको पहिचान गरी योजना बनाएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार दुर्गेश मल्ल, रमा भण्डारी र शोभाकान्त पाठकले पनि आफ्नो जिज्ञाशा सहितको सुझाव राखेका थिए ।
कार्यक्रममा बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्र गल्या·का वितरण प्रमुख डिल्लीराम ढकालले सहभागीहरुको गुनासो सम्बोधन गर्दै समस्या समाधानका एक्सन प्लान बनाएर विपिसी सुधारको बाटोमा अघि बढेको बताए । प्रसारण लाइन क्षेत्रमा बाँस लगाएत अन्य बोटहरु हुर्किदै जाँदा समस्या देखिएको उनको भनाई छ । यस वर्षको कार्ययोजना अन्तर्गत रामपुर चापाकोट क्षेत्रमा ८० वटा पोल रिप्लेस गर्न लागिएको उनले जानकारी दिए । नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले छलफल पश्चात विद्युत सेवा सुधारका लागि विपिसीलाई अनुरोध गर्ने निर्णय गरेको बताए । वडा नं. ६ को प्याकलुकमा ट्रान्सफर्मर र रामपुर चापाकोट क्षेत्रमा विद्युतपोल थपको कार्य आगामी मंसिर भित्र गर्ने, आगामी आर्थिक वर्षमा देविस्थान क्षेत्रको लागि ट्रान्सफर्मर जडान गर्ने, थप आवश्यक पोल, ट्रान्सफर, विद्युत तारहरु विपिसीको केन्द्रिय कार्यालयमा माग गर्ने निर्णय समेत गरिएको उनको भनाई छ । छफलमा बुटवल पावर कम्पनी लिमिटेड, आँधीखोला जलविद्युत केन्द्र गल्या·का प्रतिनिधिसँगै नगर भित्रका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।