
पाल्पा, कर्तव्य ज्यान मुद्धाका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले माथागढी गाउँपालिका–१, दमारका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई भतिजाको हत्या आरोपमा पक्राउ गरेको हो ।
११ कार्तिक २०६८ मा सार्कीले आफ्नो भतिज पर्ने सोही ठाउँका १८ वर्षीय नरवीर नेपालीको हत्या गरेको घटनामा अदालतले दोषी ठहर गरेको थियो । नेपालीको हत्या गरि फरार रहेका उनी भारतमा लुकिछिपी बस्दै आएका थिए । उनले अंश सम्बन्धी विवादमा आफ्नै भतिजाको हत्या गरेका थिए ।
उनलाई पक्राउ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट फौजदारी कार्यविधी संहिता, २०७४ दफा १४ (१) बमोजिम दिन ०६ म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ । सार्की नेपाल फर्कने भन्ने सूचना पश्चात प्रहरी टोली परिचालित गरी आइतबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१ बेलहिया स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरीले सन्तबहादुर बेलाबखतमा नेपाल आउने गरेको भन्ने सूचना प्राप्त गरेको र सोही सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनलाई पक्राउ गर्न सकिएको जनाएको छ ।