Shittalpati
‘अप्रिल फूल’: होसियार रहौं

हरेक वर्ष अप्रिल एक तारिखको दिन ‘अप्रिल फूल’ अर्थात् विश्व मूर्खा दिवस मनाउने गरिन्छ । आज यो वर्षको अप्रिल फूल अरूलाई मुर्ख बनाएर रमाइलो गरिदै छ । मुर्ख दिवसलाई “अप्रिल फूल” अर्थात् ‘फुलिस डे’को नामले पनि चिनिन्छ । यो दिवस लगभग विश्वभरी नै मुर्ख दिवसका रूपमा मनाइने गरिन्छ । हरेक देशमा आ–आफ्नो ढंगले यो दिवस मनाइए पनि हरेक व्यक्तिको उद्देश्य चाहिँ रमाइलो गर्नु नै हो । मानिस एक सामाजिक प्राणी हो । उसलाई विभिन्न मनोरञ्जनका कार्य आवश्यक पर्छ । यस्ता किसिमका दिवस या पर्वहरूले मानिसलाई आमोदप्रमोद प्राप्त गर्न मद्दत मिल्छ । यस्तै थुप्रै संसारभरिका विभिन्न जातजाति, धर्म, भेषभूषा, चलनचल्ती र भाषाभाषीहरूको आ–आफ्नो मौलिक संस्कृति पनि हो । यस्ता किसिमका परम्पराहरूलाई सम्बद्र्धन तथा जगेर्ना गर्नु सम्पूर्ण मानवहरूको परम कर्तव्य पनि हो । तर रमाइलोका नाममा कसैले दुख र सास्ती पाउनु राम्रो हैन । यस दिन नेपालसहित विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्दछन् । यसबाट होसियार चाही रहनुपर्छ ।

यहाँ आजको दिन एकाबिहानैदेखि दिनभर नै कयौंलाई मुर्ख बनाएर हाँसोे मज्जा गरी मनाइन्छ । यस दिवसको सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना समेत गर्नुपरेका समाचार पनि सुन्नमा नआएको होइन । मज्जा गर्ने नाममा अरुलाई दुःख दिनु चाही राम्रो होइनन् । कुनै पनि संकृति पर्व र दिवस मनाउँदा त्यसको मौलिकताको अनुसरण गर्नुपर्छ । तर क्षणिक मनोरञ्जनका लागि कसैलाई आघात पर्ने गरी गर्नु किमार्थ उचित हुँदैन । कसैलाई पनि असाधारण पीडा नदिई स्वच्छ र रमाइलो तरिकाले सामूहिक हाँसो र रमाइलो गरी मनाउनु राम्रो हुन्छ । यसले संस्कृतिलाई समेत थप प्रश्रय दिन्छ । पछिल्लो समयमा अप्रिल फुललाई मजाकको रुपमा लिई एकले अर्कालाई मुर्ख बनाउने प्रवृति बढेको देखिन्छ । विभिन्न सामाजिक सञ्जालमार्फत होस् वा फोन कल मार्फत होस् एक अर्कोलाई मुर्ख बनाइ रमाइलो गरिने भएतापनि कहिलेकाहीँ संवेदनशीलता ख्याल नगरी मजाक गर्दा कुनै अप्रिय घटनाहरु पनि घट्न सक्ने कुरालाई भने ख्याल गरिनु छ । कोही व्यक्तिलाई पनि हानिनोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मुर्ख दिवस मनाउनुपर्छ । यसर्थ दिवसमा कसैको मर्यादालाई आँच या अतिक्रमण नगरी यसलाई हाँसीहाँसी खुसीका साथ मनाऔं । झुट र ठट्टा गर्दा हसियार हौं ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update