Shittalpati
पर्यटनमा जागेको आशा

लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । नयाँ वर्षको सुुरुवातसँगै नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेसँगै केही आशा पलाएको हो । नयाँ वर्ष २०८० को सुरुवातमै मुलुकका पर्यटकीयस्थलहरुमा पर्यटकहरु खचाखच भएका समाचारले केही भएपनि यो क्षेत्रमा आशावादी बनाएको छ । अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । कोरोना महामारी केही सहज बन्दै गएको र धेरै नागरिक तथा विदेशीले कोरोनाविरुद्धको डोज पूरा गरेका कारण थलिएको पर्यटन उठ्न थालेको छ । पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन संख्या बढिरहेको छ ।

नयाँ वर्षले अब आमपर्यटन व्यवसायी र समग्र देशले पर्यटकीय गतिविधिबाट मनग्य आम्दानी गर्न पाउनेमा आशा गर्न सकिन्छ । तर कोरोना महामारीभन्दा पहिलाको अवस्थामा पर्यटकलाई स्वागत गर्न र त्योभन्दा बढी संख्या पुलामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । नयाँ वर्षको सुुरुवातसँगै नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेसँगै केही आशा पलाएको हो । याउन केही मेहनत गर्न भने आवश्यक छ । तातो र चिसोको सन्तुलन मात्र होइन, जातीय, धार्मिक, सांस्कृतिक सम्मिलनले बनाएको सभ्यता र पाहुनालाई देवतुल्य स्वागत गर्ने संस्कार अनि यहाँको सुरम्य भौगोलिक, प्राकृतिक वातावरणले यहाँ आउने पर्यटकलाई आकर्षित गर्नु पर्दछ । चीनले आफ्ना नागरिकलाई केही छानिएका देशमा पर्यटनका लागि अनुमति दिएको छ । घुमन्ते र खर्च क्षमता बढ्दो रहेको छिमेकी चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणको अनुमति दिएको छ । यो हाम्रो पर्यटकीय क्षेत्रका लागि सुखद् सन्देश हो । सायद यही बुझेर होला पर्यटन बोर्डले चिनियाँ पर्यटक आकर्षित गर्न ‘चाइनिज सेल्फ मिसन’ कार्यक्रम गर्ने भएको छ । चीनमा मात्र होइन, खासगरी सार्क र अन्य मुलुकका कूटनीतिक नियोगको समन्वयमा गैरआवासीय नेपालीसमेत परिचालित गरेर पर्यटक आकर्षित गरिनु किफायती पनि हुनेछ । यसर्थ सरकार र सम्वद्ध व्यवसायीले तंग्रिन लागेको पर्यटन व्यवसायीलाई पर्यटकहरुको रुची चाहाना र माग अनुसार खाद्य र सेवा–सुविधा, विमानस्थल, सडक, आवासजस्ता भौतिक पूर्वाधारमा स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update