यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु
शुक्रबार, पुस २, २०७८

महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ ।...

काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।

काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।

काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
बुधबार, मंसिर २९, २०७८
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।

संसदमा विरोधका बीच अध्यादेश पेश
मंगलबार, मंसिर २८, २०७८
मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।

काँग्रेस सभापति पदमा पुनः मतदान हुने
मंगलबार, मंसिर २८, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने काँंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काँग्रेस महाधिवेशन: ३ सय ८० मत खस्यो
सोमबार, मंसिर २७, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।

काँग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान सुरु
सोमबार, मंसिर २७, २०७८
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।

काँग्रेसका ५७ जनाले गरे उम्मेदवारी फिर्ता
आइतबार, मंसिर २६, २०७८
काँग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै ५७ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।

काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
शुक्रबार, मंसिर २४, २०७८
राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् ।

पुराना पुस्ताबाट पार्टी चल्दैन :नेता भण्डारी
शुक्रबार, मंसिर १७, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।