हाइवे-विशेष

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

Shittalpati Reporter

नवलपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् ।

बुधबार बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । आगलागीबाट यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताए । घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । –रासस


प्रकाशित मिति: बुधवार, श्रावण ११, २०७९, १२:५२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु बुधवार, श्रावण ११, २०७९, १२:५२:००
एक वर्षमा दश किलोमिटर सडक कालोपत्रे बुधवार, श्रावण ११, २०७९, १२:५२:००