Shittalpati
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनिल खत्री
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चालक जिल्लाको रेसुङ्गा नगरपालिका वडा ४ निवासी ६२ वर्षिय शेरबहादुर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी जिल्लाको छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु २ त ८०७२ नम्बर ट्याक्टर जिल्लाको रेसुङ्गा नगरपालिका वडा ४ को मसिना पोखरी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक बुढाथोकीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update