क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
बुधबार, जेठ ७, २०७७
तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
बुधबार, जेठ ७, २०७७
कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
बुधबार, जेठ ७, २०७७
यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री
मंगलबार, जेठ ६, २०७७
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो
मंगलबार, जेठ ६, २०७७
नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।
परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री
मंगलबार, जेठ ६, २०७७
जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।
बनाएनन् सबै वडाले क्वारेन्टाइन
मंगलबार, जेठ ६, २०७७
भारतसहित विभिन्न देशमा ठूलो संख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि चितवनमा काम हुनसकेको छैन ।
झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि
मंगलबार, जेठ ६, २०७७
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।
गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर
मंगलबार, जेठ ६, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।
पाल्पामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन
सोमबार, जेठ ५, २०७७
जिल्लामा शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गर्न थालिएको छ । भारतीय भूमिबाट धमाधम नेपाली श्रमिकहरु जिल्ला भित्रिन थालेपछी जोखिमबाट बच्न शंकास्पद व्यक्तिहरुको स्वाव संकलन तथा परीक्षण गर्न थालिएको हो ।
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
सोमबार, जेठ ५, २०७७
गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ ।
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो
सोमबार, जेठ ५, २०७७
प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
आइतबार, जेठ ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।


