Shittalpati
दी बेस्ट अवार्ड रद्द

काठमाडौं । फिफा दी बेस्ट अवार्ड २०२० रद्द भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने उक्त प्रतियोगिता कोरोनाका कारण रद्द भएको हो । स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ । अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटलीको मिलानमा हुने तय थियो । तर अहिले विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण अब अवार्ड नहुने भएको मार्काले उल्लेख गरेको छ ।

गत वर्ष बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन लिओनल मेसीले फिफा बेस्ट अवार्ड जितेका थिए । मेसीसँगै क्रिस्टियानो रोनाल्डो पनि यो अवार्ड पाउने होडमा थिए । अब यो वर्ष भने कुनै खेलाडीले यो अवार्ड पाउने छैनन् । फिफाले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय फुटबलदेखि उमेर समूहको विश्वकप लगायत प्रतियोगिता स्थगित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update