Shittalpati
तम्घासमा क्रिकेट खेल हुने
तम्घासमा क्रिकेट खेल हुने जिल्लाको सदरमुकाम तम्घासमा क्रिकेट खेल हुने भएको छ । पुलचोक युवा क्लवको आयोजनामा यही माघ १ गते तम्घासमा क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलमा जिल्लाका १२ वटा स्थानीय तहका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।
महिला खेलाडीलाई छात्रवृत्ति
महिला खेलाडीलाई छात्रवृत्ति वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा पाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
स्वदेश फर्किए सन्दीप
स्वदेश फर्किए सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ ।
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
Weather Update