सिरी ए को खेल तालिका सार्वजनिक
बुधबार, जेठ २१, २०७७
श्रीलंका टुरका लागि भारत तयार
सोमबार, जेठ ५, २०७७
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंका टुरका लागि तयार रहेको बताएको छ । जुलाई ६ देखि सुरु हुने तय भएको एक दिवसीय र टी–ट्वान्टी सिरिजका लागि भारतीय क्रिकेट टोली तयार रहेको बोर्डले जनाएको हो ।
दी बेस्ट अवार्ड रद्द
बिहीबार, जेठ १, २०७७
फिफा दी बेस्ट अवार्ड २०२० रद्द भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने उक्त प्रतियोगिता कोरोनाका कारण रद्द भएको हो । स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
आईसीसी महिला विश्वकप क्रिकेटको छनोट स्थगित
बुधबार, वैशाख ३१, २०७७
महामारी बनेको कोरोना भाइरस (कोभिड– १९) को कारण श्रीलंकामा हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ ।
पाँच खेलाडीमा कोरोना संक्रमण
मंगलबार, वैशाख ३०, २०७७
ला लिगाले स्पेनको पहिलो र दोस्रो डिभिजन लिग खेल्ने ५ खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ ।
अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त
शुक्रबार, वैशाख २६, २०७७
इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् ।
अगष्ट पहिलो साता एफए कपको फाइनल गर्ने तयारी
सोमबार, वैशाख २२, २०७७
एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ । अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ ।
‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’
शुक्रबार, वैशाख १९, २०७७
नेपाली राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले खेल्न नपाउदाँ ब्याड फिल हुने बताएकी छन् । लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ ।


