Shittalpati
पाल्पामा व्याडमिण्टन प्रतियोगिता

पाल्पा, सहिद दिवसका अवसरमा पाल्पामा जिल्ला स्तरीय (मेन्सडवल) व्याडमिण्टन प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ३२ समूहले भाग लिएका छन् । जिल्ला ब्याडमिण्टन संघ पाल्पाले आयोजना गरेको प्रतियोगिताको तानसेन नगरपालिका नगरप्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका छन् ।

नगर प्रमुख शाहीले अहिलेको सरकार संसद विघटनको अवस्थामा रहेपनि स्थानीय सरकारले आफ्नो काम काजलाई अगाडि बढाएको बताए । उनले खेल क्षेत्रलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । नगर प्रमुख शाहीले मुलुकले कुन दिशा लिने छ भन्ने कुनै निश्चित नभएको बताउँदै जसरी एउटा खेल खेल्दा खेलमा नियम हुन्छ त्यस्तै गरी राष्ट्र चलाउन पनि नियम चाहिने बताए । ब्याडमिण्टन संघका अध्यक्ष बसन्त लाल बज्राचार्यले युवाहरुलाई स्वस्थ रहन अनुशासनमा रहन खेलको मुख्य भूमिका रहेको बताए । व्याडमिण्टन प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update