स्वास्थ्य

बिहे भोज खानका ३५ जना जन्ती बिरामी

Shittalpati Reporter

प्युठान, विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो । प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको थियो । प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९, ११:५३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पाल्पामा १२ जना कुुष्ठरोगी मंगलबार, मंसिर २०, २०७९, ११:५३:००
आज विश्व कुष्ठरोग दिवस मनाइदैं मंगलबार, मंसिर २०, २०७९, ११:५३:००