पाल्पा, आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय खुसी दिवस मनाइदै छ । संयुक्त राष्ट्रसङ्घको आÞवानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने गरिएको हो ।
नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो । हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले हामीलाई खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउने गर्दैछ । सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आह्वान पनि गर्यो । दुई वर्ष पछि सन् २०१३ मा संयुक्त राष्ट्रका सबै १ सय ९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ । खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन् । कोही शान्त वातावरणमा रमाउँदा खुशी हुन्छन त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी हुन्छन् । कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन । जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो । खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुसी हुन्छौँ । हाँसोको मतलब बनावटी हाँसो होइन् । हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुसी हुन सिकिन्छ ।


