Shittalpati
पाल्पामा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

पाल्पा,बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ ।  जिल्ला अदालत पाल्पाबाट बहुविवाह सम्बन्धी कसूर मुद्दामा २०८० असार ३१ गते ११ महिना १० दिनको सजाय पाएका ढालबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्लाको रिब्दीकोट गाउँपालिका –८ का ३९ वर्षीय विकलाई खोजतलास गर्ने क्रममा जिल्लाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो तानसेन नगरपालिका वडा नं. ४ लहरेपिपलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  कुशल सिंह ठकुरीले जानकारी दिए ।उनका अनुसार पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ  ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update