Shittalpati
विश्व दर्शनशास्त्र दिवस मनाइँदै

पाल्पा, आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।  दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।

सन् २००५ देखि युनेस्कोको पहलमा यो दिवस मनाउदै आइएको हो । दर्शन र यसको अर्थ, औचित्य र महत्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन–दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याड्ढन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न–गराउनका लागि आजको दिन यो दिवस मनाउने गरिएको पाइन्छ । अहिलेको समयमा विश्वका कुना कन्दरामा मानवताले सामना गर्दै आएका समस्याहरुलाई अनुसन्धान र अध्ययनहरु गरेपश्चात, त्यसको दार्शनिक विश्लेषणगरि आएका चुनौतीहरुलाई अधिक प्रभावकारी ढङ्गले हल तर्फ लैजाने कार्यक्रमहरुलाई आजको यस दिनले बढावा दिने गरेको छ । ज्ञान, सिद्धान्त, विचार र दर्शनजस्ता महत्वपूर्ण कुराहरुको अवमूल्यन र उपेक्षा हुन गैरहेको र यीनको अध्ययन–अनुसन्धान, चिन्तन–मनन्, लेखन–प्रकाशन र प्रचार–प्रसार समेत घट्दै गइरहेको तथा यिनले मार्गदर्शन गरेका कुराहरुको कार्यान्वयनतर्फ पूर्ण अरुची बढिरहेको आजको यो स्थिति र सन्दर्भमा दर्शनशाश्त्र दिवस तोकिनु, मनाइनु, दर्शन र दर्शनशास्त्रको मर्म–महत्व बोध गर्नु÷गराउनु र सो अनुसार जीवनदर्शन बनाई जीवन–व्यवहार सञ्चालन गर्नु अझ बढी जरुरी महत्वको कुरा भएको छ । वास्तवमा दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगतलाई सत्मार्गमा लगाउने अर्थात् सत्यम, शिवम, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान नै हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update