रविलाई कारागारबाट निकालियो

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । आन्दोलनरत जेन–जी युवाहरूले लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालेका हुन ।
आन्दोलनकारी मंगलबार बिहानैदेखि नख्खु कारागारबाहिर जम्मा भएका थिए । कारागार प्रशासनले लामिछानेलाई लिन आएकाहरूलाई रोक्न नसकेपछि बाहिर निकालिएको हो । लामिछाने सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्