Shittalpati
आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’

पाल्पा, नेवार समुदायको महत्वपूर्ण पर्व ज्यापुन्ही आज देशभर उल्लाहसका मनाइँदै छ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (तछलाथ्व पुन्ही)लाई नेवास समुदायले एक महत्वपूर्ण पुर्णिमाको रुपमा लिने गर्दछन् । यसै दिनलाई खेतीपाती तथा धान रोपाइँको सुरुवात मानिन्छ । 

यसै दिनबाट आफ्नो चाडपर्व, भोजहरु, तथा पुजाहरु जाने जस्ता कार्यहरुलाई पुर्णविराम दिई सबैजना रोपाइँको काममा व्यस्त हुने भएकोले यस पुर्णिमालाई ज्यापुन्ही अर्थात् कामको सुरुवात हुने पुर्णिमा (रोपाइँको पुर्णिमा) भनिएको हो । यसरी पुर्णिमा देखि सुरु हुने यस रोपाइँ कार्यको अविधिलाई स्थानीयहरु ञ सिनाज्या र सिन्हा ज्याझ भन्ने गर्दछन् । तत्कालीन समयमा आफ्नो वर्षभरीको मुख्य अन्न नै चामल हुने गरेकोले रोपाइँलाई एकदमै महत्व दिएको पाइन्छ । कथन अनुसार पहिलेको समयमा यस रोपाइँको चटारो बेला घरको कुनै सदस्यको मृत्यु भयो भने पनि सो लासलाई घरको दक्षिण तर्फ राखेर खेतिमा लाग्नु पथ्र्यो र दाहसंस्कार ढिला गरिन्थ्यो । रोपाइँको समयमा राम्ररी रोपाइँ गरिएन भने परिवारमा अन्नको अभावको समस्या आउने भएर मरेर भएपनि मिहेनत गरि काम गर्नुपर्ने भएकोले यस अविधिलाई सिनाज्याः (मर्ने गरि काम गर्न पर्ने कार्य) भनिएको मानिन्छ । यस दिन पाटनको तत्कालीन राजा श्रीनिवास मल्लको राजगद्दी र सिद्धिनरसिंह मल्लले कोरेका श्रीकृष्णको पौभालाई दरबारबाट बाहिर ल्याइ कृष्ण मन्दिरको फलेकमा राखिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update