Shittalpati
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु

गुल्मी जिल्लाको  ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुंगामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ सुरु भएको छ । काठमाडौंबाट आएका पण्डित रमेश प्रसाद सुवेदीले  रेसुंगा संरक्षण समितिको आयोजनामा सञ्चालन भएको कार्यक्रममा  पुरुषोत्तम मास तथा बिष्णु पुराणको कथा प्रारम्भ गरेका हुन् । 

ब्राहमणलाई यज्ञ  सञ्चालनका लागि वरण गर्दै स्वस्तिक वाचन सहित पुर्वाराण गरिएको र विष्णुपुराणको केहि अंश तथा पुरुषोत्तम मासको अंश प्रवचन सहितको कार्यक्रम राखिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले बताए । 
विगतमा  भागवत तथा कथा प्रवचनहरु हेर्न र सुन्नका लागि हुने गरेका थिए भने यस पटक भएका कथा सुन्न र ग्रहण गर्नका लागि आग्रह गरिएको छ ।  

कथा सुन्ने भत्तजनका लागि निशुल्क भोजनको व्यबस्था मिलाईएको  रेसुंगा संरक्षण समितिले जनाएको छ । विहान ७ बजेदेखी पाठपारायण तथा मध्यान्ह १२ बजेदेखी ४ बजेसंम्म कथा प्रवचन हुने समितिले जनाएको छ । साउन महिनाभर सहज र सुलभ तरिकाले यातातयात सञ्चालन गरी सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई र यातायात कार्यालयलाई समेत आग्रह गरिएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update