Shittalpati
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ...
एक करोड थान मतपत्र छाप्न बाँकी
एक करोड थान मतपत्र छाप्न बाँकी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाको रम्भाबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम...
भित्रियो तिहार, आज कागको पूजा गरिदैं
भित्रियो तिहार, आज कागको पूजा गरिदैं नेपालीहरुको घर दैलोमा उज्यालोको पर्व तिहार भित्रिएको छ । शनिबार यमपञ्चक सुरु भएपछि हिन्दुु नेपालीहरुको घर आगनमा तिहार भित्रिएको हो । तिहार अन्तर्गत आज पहिलो दिन कागको पूजा गरिदैं छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
Weather Update