Shittalpati
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार

गुल्मी । जिल्लाका एक युवाले एम बिएको पढाई सकेर कंक्रिट उद्योग सञ्चालन गरेका छन् । रेसुङ्गा नगरपालिका तम्घासका युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिका–२ छल्दी पनाहमा ४५ लाख लगानीमा उद्योग सञ्चालन गरेका हुन् । उनले उद्योग सञ्चालनमा ल्याएर स्थानीय ५५ जना युवाहरुलाई रोजगारी समेत दिँदै आएका छन् ।

युवा व्यावसायी श्रेष्ठले छल्दीमा जग्गा भाडामा लिई भुकम्प प्रतिरोधी इन्टर लकिङ्ग इट्टा, टायल लगायत कंक्रिट उत्पादन गर्दै आएका छन् । २ वर्ष पहिले ५ लाख लगानीमा उद्योग सुरु गरेका उनले अहिले ४५ लाख लगानी पु¥याइसकेका छन् । श्रेष्ठले उद्योगको ‘रेसुङ्गा इकोसेल एण्ड कंक्रिट उद्योग’ नाम दिएका छन् । २०७२ सालको भूकम्प पछि विभिन्न जिल्लाहरुमा यस्तै सामग्रीहरु उत्पादन भएको देखेर आफुले उद्योग सञ्चालन गरेको बताउँछन् । एमबिए पढाई सकेर विभिन्न ठाउँमा रोजगारी समेत गरेका श्रेष्ठले प्राप्त अनुभवलाई आफ्नो उद्योगमा लगाएको श्रेष्ठले बताए ।

पढाई पछि वैदेशिक रोजगारीका लागि जान लागेका युवाहरु स्वदेशमै केही गरेर अरुलाई पनि रोजगारी दिनुपर्छ भन्ने साेंचले नयाँ व्यवसाय सुरु गरेको बताए । नयाँ प्रविधिको भूकम्प प्रतिरोधी नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको छ । उद्योगमा उत्पादन भएका सामग्रीहरु धमाधम विक्री भइरहेको र माग बढिरहेको व्यवसायी श्रेष्ठको भनाई छ । उद्योगलाई अझै विस्तार गर्दै लैजाने सोंच रहेको उनले बताए । –अनिल खत्रीबाट

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update