Shittalpati
टि–२० वरीयतामा नेपाल यथावत

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टि–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत् रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाल १६ औं स्थानमा छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो । यसअघि नेपाल वरीयतामा तीन स्थान झरेर १५ औं मा पुगेको थियो ।

एसिया कप छनोट अन्तर्गत इस्टर्न रिजनमा खराब प्रदर्शन गरेपछि नेपाल वरीयतामा तीन स्थान तल झरेको थियो । २६ खेल खेलेको नेपालको १ सय ८५ रेटिङ छ । टि–२० मा नेपालको सबैभन्दा माथिल्लो वरीयता ११ औं हो । तर पछिल्लो समय खराब प्रदर्शनले नेपालको वरीयता खस्किरहेको छ । एसोसियट राष्ट्रमध्ये नेपालभन्दा अघि रहेको स्कटल्याण्ड १२ औं र युएई १४औं स्थानमा छ । नेपाल भन्दापछि रहेको नेदरल्याण्ड्स १६ औं स्थानमा छ ।

पाकिस्तान टि–२० को शीर्ष वरीयतामा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौ, न्यूजिल्याण्ड छैटौं, अफ्गानिस्तान सातौँ, श्रीलंका आठौं, बंगलादेश नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाबे ११ औं स्थानमा छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update