Shittalpati
रङ्गशाला निर्माणको काम स्थगित

भरतपुर, विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो । फाउण्डेशनको विज्ञप्तीमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अछुतो रहने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौँ, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदार बाहेक अन्यलाई रङ्गशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र Þयाण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौँ ।

कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौँ ।’ रङ्गशाला निर्माणको काम अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update