Shittalpati
नेपाली खेलाडीको इङ्गल्याण्ड भ्रमण स्थगित

काठमाडौं, नेपाली फुटवल खेलाडीहरुको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण कोरोनाका कारण स्थगित भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको छ । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपाल र इङ्ल्याण्डको टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update