Shittalpati
ओलम्पिक खेल स्थगित नहुने

काठमाडौं (एजेन्सी), कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना गर्ने भएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका छन् । टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुने छ । कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) अहिले छलफलमा ब्यस्त छ । यही समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘जापानले कोरोना संक्रमणको असरलाई टाढा राख्नेछ । हामी बिना समस्या ओलम्पिकको सफल आयोजना गर्नेछौ,’ आबेले भने । उनले आईओसीले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने पनि बताए । टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिने छन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ । जापानले ओलम्पिक टर्च रिले मार्च २६ तारिखबाट सुरु गर्दैछ । तर जापानले हालै ओलम्पिक टर्च समारोह सर्मथक विनै आयोजना गरेको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ । यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update