Shittalpati
वडा कार्यालयद्वारा रामपुर ६ का खेलाडी सम्मानित

इमान सिं राना
पाल्पा(रामपुर) रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गरेको छ । तेस्रो मेयर कपमा विजयी हासिल गर्ने र प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई सम्मान गरेको हो । प्रतियोगीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलमा गरिने खर्च खर्च नभई लगानी भएको बताए । उनले खेलकुदमा गरीने लगानीले युवाहरुलाई व्यवसायिक बन्न उत्प्रेरणा जगाउने बताए । उनले नगरले आवश्यकता अनुसार थप खेलका विधाहरुमा प्रतिपर्धा गराउनुका साथै आवश्यक तालिमको व्यवस्था गर्दै गएको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले थप व्यवसायिक बन्न आग्रह गरे ।

रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल, नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँण र पत्रकार प्रकाश नेपालले बोल्दै खेल राष्ट्र र समाजलाई चिनाउने माध्यम भएको बताए । रामपुर नगरपालिका ८ सिद्धबाबा धाम भुजातमा भएको कार्यक्रममा खेलाडी तथा टिम क्याप्टेनहरुलाई फूल माला र प्रमाणपत्रले सम्मान गरिएको थियो । गत माघमा भएको मेयर कपमा रामपुर नगरपालिका वडा नं. ६ ले फुटबलमा प्रथम र म्याराथुन दौडमा द्धितिय स्थान हासिल गरेको थियो । रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता, वडा सदस्य यम बहादुर भुजेलको स्वागत, सल्लाहाकार विष्णु मायाँ ढकालको धन्यवाद र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update