Shittalpati
कुवेतलाई हराउँदै युएई च्याम्पियन

काठमाडौं(एजेन्सी), कुवेतलाई हराउदै युएई च्याम्पियन बनेको छ । बिहीबार ओमानमा भएको एसीसी वेस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै युएई च्याम्पियन बनेको हो । युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए भने बलिङमा सुल्तान अहेमदले ४ विकेट लिए । युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । कुवेतका लागि मोहम्मद अस्लाम नवफरले अविजित रहँदै सर्वाधिक २३ रन बनाए ।

यस्तै बिलाल मुहम्मद ताहिरले २२ रन बनाए भने मुम्मद अमिल १८ रनमा अविजित रहे । कुवेतलाई कम स्कोरमा रोक्न युएईका सुल्तान अहेमदले ४ ओभरमा ९ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अहेमद राजाले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मुहम्मद जुनैद सिद्दिकीले १ विकेट लिए । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ओपनर चिराग शुरीको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । शुरीले ४१ बल खेल्दै ८ चौकाको मद्दतमा सर्वाधिक ६० रन बनाए ।

यस्तै वाहिम अहेमदले अविजित ४५ रन जोडे । उनले १५ बल मात्र खेल्दै ६ छक्का प्रहार गरे । यसबाहेक रोहन मुस्ताफा र मुहम्मद उस्मानले समान २८ रन जोडे । एक बल खेलेका सुतानले छक्का प्रहार गर्दै अविजित ६ रन जोडे । कुवेतका अफसल अस्रफले २ विकेट लिए । ८ राष्ट्र सहभागी यस वेष्टर्न रिजनबाट युएई र कुवेतले यसअघि नै एसिया कप क्वालिफायरमा स्थान पक्का गरिसकेका छन् । अगष्टमा हुने एसिया कप क्वालिफायरमा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update